२३ पुष २०८२, बुधबार
मनोरन्जन मुख्‍य समाचार समाचार

अनमोलको ‘जेरी अनटप’मा सुरक्षाको पनि इन्ट्री

१० असाेज, काठमाडौँ।  अनमोल केसीको शीर्ष भूमिका हुने फिल्म ‘जेरी अनटप’को शीर्षमध्येको भूमिकामा अभिनेत्री सुरक्षा पन्तको पनि प्रवेश भएको छ । निर्माता सरोज न्यौपाने र उनीबीच लिखित सहमति भएको छ ।

निर्माता न्यौपानेले फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएको जानकारी दिए । यसअघि यो फिल्ममा आँचल शर्मा र जसिता गुरुङ पनि अनुबन्धित भइसकेका छन् । आगामी सातादेखि छायांकन सुरु हुने फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको हो ।

फिल्म अनन्या फिल्मसँग दिपक भण्डारी, रविन शेरचन र रामकृष्ठ श्रेष्ठ जोडिएका छन् भने एसोसिएट निर्मातामा ओम अग्रवाल र विवेक थापा छन् । ‘जेरी अन टप’ को कथा हेमराज बिसीको हो । फिल्मको स्कृप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन् । फिल्म काठमाडौँ, लुक्ला र भारतको लद्धाकमा छायाङ्कन हुनेछ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,