२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

भ्रमण छोट्याएर चीनबाट फर्कियो उपसभापति वाग्ले नेतृत्वको रास्वपाको टोली

१० असोज, काठमाडौं । दश दिने भ्रमणका लागि चीन पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को टोली आज स्वदेश फर्किएको छ ।

दश दिने भ्रमणका लागि भन्दै गत शनिबार राति चीन पुगेको पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएको हो ।

स्वदेश फर्किएसँगै त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै रास्वपा उपसभापति स्वर्णिम वाग्लेले रवि लामिछानेलाई मात्र नभैइ पार्टी संस्थामाथी नै प्रहार भएको बताएका छन् । उनले पार्टीमाथी कुनै राजनीतिक इगोका कारण प्रकार भैइरहेकाले सबै एकजुट भएर सामना गर्नुपर्ने बताए ।

उनले भने, ‘यो अप्ठ्यारो घडिमा पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन् त्यो संस्था हो । पार्टी संस्थामाथी प्रहार भैइरहेको छ एउटा ईगोका कारण हामी एकजुट भएर यसको सामना गर्नुपर्छ । ’

यस्तै डा. तोसिमा कार्कीले क्रान्ती उग्र मात्र नभैइ अब शालीन क्रान्ती हुने बताईन् । उनले क्रान्ती रातो मात्र नभएर निलो पनि हुने बताईन् ।

उनले  भनिन्,  ‘क्रान्ती उग्र मात्र नभैइ अब शालीन पनि हुन्छ । क्रान्ती रातो मात्र हुन्न निलो पनि हुन्छ । शान्तिपूर्ण  ढंगले र शालिन तरिकाले बौद्धिक क्रान्ती गर्ने छौं । युवाको  क्रान्ती गर्छौं, एक थोपा पनि रगत चुहिँदैन , कसैमाथी ढुंगा प्रहार  गर्ने, गोली चलाउने, हिंसाको बाटो नअपनाईकन शान्तिपूर्ण तरिकाले देशलाई सम्वृद्धिको बाटो खोज्ने क्रान्ती नै  निलो क्रान्ती हो ।’

दश दिनका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्ने हल्ला बढेपछि भ्रमण छोट्याएको हो ।

बेइजिङ पुग्ने कार्यक्रम भएपनि उक्त कार्यक्रम स्थगित गरी सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

९ दिनको भ्रमणलाई छोट्याएर फर्किएको उपसभापति वाग्लेले बताए । आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किनेछन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।