२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

निर्माण व्यवसायीहरुले  धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको छ : मन्त्री सिंह

काठमाडौं ।  नेपाल निर्माण व्यवसायी महासंघले  कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई  ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार सिंहदरबारमा उनीहरुले मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् ।

निर्माण व्यवसायी महासंघको  ज्ञापन पत्र बुझ्दै मन्त्री  सिंहले निर्माण व्यवसायीहरुले  धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको  बताए ।

उनले  निर्माण व्यवसायीमा देखिएका समस्या चाँडो भन्दा चाँडो सरकारले  समाधान गर्ने  विश्वास  व्यक्त गरे ।

उनले  भने, ‘निर्माण व्यवसायीमा काम गर्दैगर्दा खेरी धेरै अफ््ठ्याराहरु रहेका  छन् । समग्र रुपमा नै निर्माण व्यवसायीहरुको काम गर्दाखेरीको चुनौतिहरु जुन सामना गरिरहनु भएको छ , योे निर्माण व्यवसायीहरुको मुख्य समस्या जुनमा छ त्यो सरकारले चाँडो भन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ ।’

साथै उनले  राम्रो नतिजा आउने गरेर काम गर्ने समेत बताए । उनले काम गर्नको  लागि सहजता हुने  गरी सरकारले ऐनहरुमा र  नीतिगत रुपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने  बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।