१७ कार्तिक २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाज

न्यू डाँफेलाई हराउँदै हाँडीखोला युथ क्लब सेमिफाइनलमा

९ असाेज,  हेटौंडा । साबिक विजेता न्यू डाँफे क्लबलाई हराउँदै मनहरी गाउँपालिकाको हाँडीखोला युथ क्लब हेटौंडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको क्वार्टरफाइनल खेलमा न्यू डाँफेलाई ३–१ गोल अन्तरले हराउँदै हाँडीखोला युथ क्लब सेमिफाइनल पुगेको हो । पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा उत्कृष्ट ’कमब्याक’ गर्दै हाँडीखोलाले अन्तिम चारमा स्थान बनाएको हो ।

न्यू डाँफेका लागि ४० औँ मिनेटमा सुशान्त तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा हाँडीखोलाले ३ गोल गर्दै खेलको निर्णय आफ्नो पक्षमा पार्न सफल भयो। हाँडीखोलाका लागि खेलको ५३ औँ मिनेटमा सन्जीव गिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यस्तै, ५८औँ मिनेटमा उत्सव खड्काको गोलमार्फत खेलमा अग्रता बनाएको हाँडीखोलाका लागि अतिरिक्त समयमा पहिलो गोल गरेका गिरीले नै व्यक्तिगत दोस्रो गोल गर्दै हाँडीखोलाको जित सुनिश्चित गरे। खेलको म्यान अफ द म्याच हाँडीखोलाका उत्सव खड्का घोषित भए ।

हाँडीखोला समूह ‘घ’ को विजेता र न्यू डाँफे समूह ‘ख’ को उपविजेताको रूपमा क्वार्टरफाइनल पुगेका थिए । मंगलबार नै भएको अन्तिम क्वार्टरफाइनल खेलमा जित निकाल्दै बागमती गाउँपालिकाको सहिद स्मृति क्लब सेमिफाइनल पुगेको छ । उसले हेटौँडाको गोर्खा ब्वाइज क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको दोस्रो मिनेटमा नै सहिद स्मृतिले अग्रता बनाएको थियो। उप्रान्त आलेको गोलमार्फत अग्रता बनाएको सहिदले दोस्रो गोलको लागि भने ७६ मिनेट कुर्नुपर्यो। सहिद स्मृतिका लागि प्रताप थोकरले दोस्रो तथा निर्णयक गोल गरे। खेलमा गोर्खा ब्वाइजले केही मौका पाए पनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो।

खेलको म्यान अफ द म्याच बागमतीका मेसक राई घोषित भए। गोर्खा ब्वाइज समूह ‘ख’ को विजेता र सहिद स्मृति समूह ‘घ’ को उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो। सेमिफाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ ।

जिल्लाका २८ क्लबको सहभागिता रहेको जारी लिग असोज १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले एक लाख  नगद पुरस्कारसहित प्रदेश लिगमा खेल्ने अवसर पाउनेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected