१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाज

सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड

८ असाेज, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,चाँदीको मूल्य भने मंगलबार घटेको छ ।

सोमबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ९ सय १५ रूपैयाँमा कोरोवार भैइरहेको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने