२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित राजदूत भट्टराईबारे निर्णय गर्ने

८ असाेज, काठमाडौं । श्रीलंकका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न मंगलबार संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

बिहान ९ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ ।

यसअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको थियो । समितिले परराष्ट्र मन्त्रालयसंग भट्टराईको राजदूत पदको योग्यताका लागि आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र माग गरे पनि प्राप्त गरेको छैन ।

राजदूत नियुक्ति सम्बन्धी निर्देशिकामा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक गरेको हुनुपर्ने उल्लेख छ ।

योग्यता नपुगेको पाइएपछि सोमबार भट्टराईको नाम अस्वीकृत गर्न बोलाइएको बैठक कोरम नपुगेको कारण निर्णय नगरी सकिएको थियो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।