१० माघ २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाज

विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

८ असाेज, काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा मंगलबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ ।

मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ ।

क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई हारको श्रृंखला तोड्न ओमानलाई हराउनैपर्ने दबाब छ ।

नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ ।

पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो ।

क्यानडासँग टस जिजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो ।

घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहो¥याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ ।

नेपाललाई लिग–२ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ । किङ्ग सिटीको पिच फास्ट बलरका लागि अनुकूल छ । तर नेपालको फास्ट बलिङ र ब्याटिङ चल्न सकेको छैन ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected