२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

यो प्रचण्डको संविधान हो ,यसैलाई नेपालको संविधान बनाउनु पर्छ’

७ असाेज, काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको संविधान २०७२ प्रचण्डको संविधान भएको दाबी गरेका छन् ।

संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सशस्त्र द्वन्द्वको १० र मूलधारको राजनीतिमा आएको १५ वर्ष राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको भन्दै यो प्रचण्डको संविधान २०७२ भएको बताएका हुन् ।

आजको वास्तविकता पनि प्रचण्डलबाट नै उजागर भएको र अब सुधारको लागि पनि प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्ने उनको धारणा छ ।

उनले भने, ‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु र अहिले हामी जुन बाटो हिँडिरहेका छौं, त्यो यहाँ अरु पार्टीका साथीहरु पनि हुनुहुन्छ, पहिले सशस्त्र द्वन्द्वको १० वर्ष त्यो सम्पूर्ण समय प्रचण्डको वरिपरि राजनीति घुम्यो । र जब उहाँ मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ । ३२ सीटको जादुमय कुरा त उहाँ आफैंले गर्नुभएको छ, सीट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ । यो संविधानलाई प्रचण्डको संविधान भन्नुको कारण के हो भने यसबाट जे भएको छ, त्यो प्रचण्डकै संविधानमार्फत गरिएको छ, जे वास्तविकता छ त्यो पनि यहीबाट उजागर भएका छन्, र जे सुधार खोजिन्छ अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्छ भन्ने मेरो धारणा हो ।’

यसको साथै, उनले काङ्ग्रेस र एमालेका साथिहरुले यो संविधान हामीले बनाएको भनेर हात उठाए पनि संविधानको निर्माणमा सबैको सहायक भूमिकामा केन्द्रमा प्रचण्ड नै रहेको बताए ।

संविधानको अब हाँगा र पातको उपचार खोजेर यसलाई टालटुल गरेर देशलाई सहि दिशामा ल्याउन नसकिने पनि उनको भनाई छ ।

उनले भने, ‘तपाईको कोटमा एक, दुई ठाँउमा प्वाल पर्यो भने सिलाउन सकिन्छ तर जतात्यतै बाट च्यातियो भने सकिदैँन् त्यसैगरि यो संविधानको अब हाँगा हाँगा र पातको उपचार खोजेर यो संविधानले यो देशलाई सहि दिशामा ल्याउन सकिदैँन् । यो संविधानलाई टालटुल गरेर हुदैँन् ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।