२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

जसपा नेपालले पदाधिकारीलाई अभियानमा खटायो

७ असाेज,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरिक्षण गर्नका लागि जिम्मेवारी तोकेको हो ।

जसअनुसार सुदूरपश्चिम प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा उपमहासचिव दीपक कार्की, लुम्बिनी प्रदेशमा उपाध्यक्ष राजकिशोर यादव, गण्डकी प्रदेशमा उपाध्यक्ष शिबलाल थापा मगरलाई खटाइएको छ ।

त्यसैगरी बागमती प्रदेशमा सचिव सुनी लामा, मधेस प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्य हरिनारायण यादव र कोसी प्रदेशमा सचिव राजकुमार राई र कार्यकारिणी सदस्य जयराम यादवलाई तोकिएको छ ।

पार्टीले खटाएका पदाधिकारी तथा कार्यकारिणी सदस्यले आ–आफ्नो प्रदेशमा रहेका केन्द्रीय कार्यकारिणी सदस्यहरुका साथै प्रदेश समितिहरु सँग समन्वय एवं सहकार्य गरी कार्य गर्न भनिएको छ । तोकिएका अभियन्ताले अभियानको प्रतिवेदनसमेत तयार पार्नुपर्ने छ ।

जसपा नेपालले चार महिने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत सोमबार पाँचथरमा अभियन्ता अभिमुखिकरणको आयोजना गर्न लागिएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

यस अघि जसपा नेपालले काठमाडौं, जनकपुर, वीरगञ्ज, बिराटनगर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा अभियन्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।