२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

जनगणनालाई प्रभावकारी बनाउन आवश्यक : निर्देशक लामिछाने

काठमाडौं । केन्द्रीय तथ्याक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनामा पहिला छुटेका मानिसहरुलाई अब नछुटाउने गरी नीति निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा महिला तथा सामाजिक मामिला समितिमा राज्यको मूल प्रवाहमा आउन नसकेका समुदाय तथा जातजातिको जनसंख्याको अवस्था सम्बन्धमा भएको छलफलमा उनले सात लाख मानिसहरु पहिलेको जनगणामा छुटेको भन्दै अबका दिनहरुमा गल्ती नदोहो¥याइ मानिस नछुट्ने गरी जनगणना गर्ने नीति बनाउनुपर्ने बताए ।

उनले भने,‘छिमेकी देशहरुको जनसख्या जनगाणना हेर्ने हो भने हाम्रो देशको जति नै सङ्ख्या त छुटेको हुन्छ । तथापी तथ्यांक प्राविधिक हिसाबले यति कुरा राख्नुपर्छ । कति मानिस छुटे भनेर हेर्दा र अध्ययन गर्दा सात लाख मानिसहरु छुटेको छन् । अबका दिनमा राज्यको तर्फबाट अब छुट्नुहुन्न भनेर पनि सार्वजनिक गरेका हौं । अबका दिनहरुमा गल्ती नहोस् । सबैजनाले सात लाख मानिस नछुट्ने व्यवस्था गरौं भन्ने एउटा नीति बनाउ ।’

उनले नुराङ जातिको विषयमा पनि धेरै कुरा उठिरहेको भन्दै विभागले सबै जात जातिको लिपि के हो ? भाषा के हो ? भन्ने कुरा निकालिसकेको र थप प्रतिवेदनहरु पनि चाँडै सार्वजनिक गर्ने बताए ।

उनले भने,‘नुराङ जातिको विषयमा लिपी, धमासा धर्मको बारेमा सबै जात जातिको लिपि के हो, भाषा के हो भन्ने कुरा निकालेका छौं । अध्ययन गरिरहेको छौं । थप प्रतिवेदनहरु पनि सार्वजनिक हुँदैछ ।’

त्यस्तै प्रमुख तथ्याक विभाग मधुसुमन बुर्लाकोटीले कतिपय ठाउँमा सूचना नपाइने कारणले पनि जनगाणनामा समस्याहरु देखिएको बताए ।

 

 

 

 

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।