१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाज

आगलागीबाट १२ लाख क्षति

७ असाेज, झापा । झापाको हल्दिबारी–३ रमाईलो चोक बस्ने ताराबल गिरीको घरमा आगलागी हुँदा १२ लाख रुपैंयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीबाट गिरीको घर र घरसँगै रहेको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठमा रहेका ९ वटा खसी बाख्रा जलेर मृत्यु भएको तथा एउटा बाछा समेत जलेर घाइते भईको छ ।

घरमा भण्डार गरी राखिएको धान, चामल, मकै, गहुँ पूर्ण रुपमा नष्ट हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी मेहेगी ल्वामु तामाङले जानकारी दिइन् ।

भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, स्थानीय मानिसहरूको सहयोगमा बिहान ४ बजे आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन नसकेको तामाङको भनाई छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व