२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

आज तीन संसदीय समितिको बैठक बस्दै

६ असाेज, काठमाडौं । संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको  छ ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगति तथा. विश्व जलवायु सम्मेलन (कोप २९)मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा छलफल हुने छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने छ । कार्य सूचिअनुसार बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।