७ पुष २०८२, सोमबार
अन्तर्राष्ट्रिय मनोरन्जन समाचार

श्रद्धाले तोडिन् शाहरुखको रेकर्ड

२ असोज, एजेन्सी- बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राज कुमार रावको फिल्म ‘स्त्री २’ ले बलिउडका बादशाह शाहरुख खानको रेकर्ड तोडेको छ । पाँचौँ सप्ताहन्तमा गएको शुक्रबार, शनिबार र आइतबार गरेर स्त्री २ ले भारतीय बक्स अफिसमा १६ करोड भारु कमाएको थियो ।

सोमबार फिल्मले अर्को ३ करोड १७ लाख भारु र मंगलबार २ करोड ६५ लाख भारु कमायो । यो सहित भारतमा फिल्मको कूल कमाई ५८६ करोड भारु पुगेको छ । यो सँगै फिल्म बलिउडको बक्स अफिसमा अहिलेसम्मकै धेरै कमाउने फिल्म बनेको छ ।

यसअघि यो उपाधी शाहरुख खानको जवानको पोल्टामा थियो । जवानको कलेक्सन ५८४ करोड भारु थियो ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,