२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

सहीद स्मृतिसँग पशुपति युवा क्लव ५–२ गोल अन्तरले पराजित

२ असोज, हेटौडा । मकवानपुरको बागमती गाउँपालिकाको सहीद स्मृति क्लव जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘घ’ को शीषस्थानमा पुगेको छ ।

५ खेलबाट ११ अंक जोड्दै सहीद स्मृतिले समूहको शीर्षमा स्थान बनाएको हो । सिमलटार खेल मैदानमा पाँचौ खेल खेल्ने क्रममा सहीद स्मृतिले पशुपति युवा क्लव हेटौंडालाई ५–२ ले हरायो ।

सहीद स्मृतिका लागि उप्रान्त आलेले २ गोल गर्दा किरण घिसिङ, अरुण आले र रमेश थिङले समान एक–एक गोल गरेका हुन् ।

यता पशुपतिको तर्फबाट अनमोल मोक्तानले २ गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच सहीद स्मृतिका उप्रान्त आले घोषित भए ।

यही समूह अन्तर्गत भएको अर्को खेलमा मनहरी गाउँपालिकाको हाँडीखोला यूथ क्लवले युनाइटेड नाइन हेटौंडासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

हाँडीखोलाले पहिलो हाफमा र युनाइटेडले दोस्रो हाफमा गोल गर्ने केही राम्रो मौकाहरु खेर फालेको थियो । योसँगै हाँडीखोलाको ८ र युनाइटेड नाइनको २ अंक भएको छ । खेलको म्यान अफ द म्याच युनाइटेडका सुरेश लामा घोषित भए ।

त्यसैगरी,  गौरीटार रंगशालामा भएको यही समूह अन्तर्गतको खेलमा प्रतिभा क्लवले एफसी चाइनाक्वाटरलाई ३–० ले हरायो । प्रतिभाले पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेको हो ।

शोभित वाइबाले १५ औं मिनेटमा गोल गर्दै प्रतिभालाई अग्रता दिलाएका हुन् । ५६ औं मिनेटमा सुनिल थिङले अग्रता दोब्बर पारे । ८० औं मिनेटमा वाइबाले नै टिमको लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

२ गोल गरेका वाइबा नै खेलको म्यान अफ द म्याच घोषित भएका छन् । गौरीटार रंगशालामै भएको अर्को खेलमा एफसी इन्टरनेटले एफसी पोतालालाई २–० ले हरायो ।

इन्टरनेटका लागि २८ औं मिनेटमा मिलन काफ्लेले पहिलो गोल गरेका हुन् । ७५ औं मिनेटमा काफ्लेले नै अग्रता दोब्बर बनाए । खेलको म्यान अफ द म्याच २ गोल गरेका काफ्ले नै घोषित भए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected