२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

विश्वकप क्रिकेटमा महिला र पुरुषको पुरस्कार बराबर

१ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकमलाई बराबरी बनाएको छ । यो निर्णयलाई क्रिकेटको इतिहासमा कोषेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

आईसीसीले २०२४ को महिला टी–२० विश्व कपको पुरस्कार रकम ७९ लाख ५८ हजार ८० अमेरिकी डलर तोकेको छ । यो अघिल्लो संस्करणको तुलनामा २२५ प्रतिशत वृद्धि हो । विजेताले २.३४ मिलियन डलर पुरस्कार प्राप्त गर्ने छन् भने उपविजेताले १.१७ मिलियन डलर प्राप्त गर्ने छन् ।

प्रमुख टोली खेलहरूको बीचमा पुरुष र महिला विश्व कपको पुरस्कार रकम बराबरी गर्ने एक मात्र खेलको रुपमा क्रिकेट बनेको छ ।

विजेताका लागि पुरस्कारः २.३४ मिलियन डलर (२०२३ मा १ मिलियन डलर) उपविजेताका लागि पुरस्कारः १.१७ मिलियन डलर (२०२३ मा ५००,००० डलर) सेमिफाइनलमा परेका टोलीहरूः प्रत्येकलाई ६७५,००० डलर (२०२३ मा २१०,००० डलर) सम्पूर्ण पुरस्कारको रकमः ७,९५८,०८० डलर (२०२३ मा २.४५ मिलियन डलर) २०२४ को महिला टी–२० विश्व कप संयुक्त अरब इमिरेट्समा हुँदै छ ।

उक्त विश्वकपमा १० टोलीले २३ खेल खेल्नेछन् । विश्वकप ३ अक्टोबरबाट सुरु हुनेछ । उद्घाटन खेलमा बंगलादेशले स्कटल्याण्डसँग  प्रतिस्पर्धा गर्ने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected