९ माघ २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाली खेलाडीको एकल अग्रता, विवेक पहिलो फिडे मास्टर 

३१ भदौ, हंगेरि। नेपालका सिएम विवेक थिङले ओलम्पिक रिङ एक्संपो क्फासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो ब्यक्तिगत रेटिङ१९.४ बढाएर २३०१.४ रेटिङ पुर्‍याउदै पर्फोमेन्सका आधारका नेपाल कै पहिलो फिडे मास्टरको टाइटल प्राप्त गरेका छन्।

हंगेरि चेस फेडेरेशनको आयोजनामा सञ्चालन भइरहेको ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचाल स्पर्धमा नेपालका क्याण्डिडेट मास्टर विवेक थिङले एकल अग्रता कायम गर्न सफल भएका छन्।

अन्तर्राष्ट्रिय प्रतियोगितामा रेटिङ २२८२ प्राप्त सिएम विवेकले चौथो चरणको खेलमा दोश्रो वरियताका २२७८ रेटेड हंगेरियन अन्तर्राष्ट्रिय मास्टर टर्जु अटिलालाई पराजित गरेका छन्। हंगेरिको बुढापेष्ट स्थित स्पोर्ट्स हलमा चलिरहेको अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा नेपालका उच्च रेटेड खेलाडी सिएम विवेक थिङ शीर्ष वरियतामा रहेका छन्।

विश्वका ११ राष्ट्र सहभागी प्रतियोगितामा चौथो चरण सम्म २६ अन्तर्राष्ट्रिय खेलाडीहरु प्रतिस्पर्धामा रहेका छन्। विवेकले पहिलो चरणमा जर्मनका हाहन निक्लासलाई , दोश्रो चरणमा हंगेरिका बाकी बेन्स र तेश्रो चरणको खेलमा अर्का हंगेरियन २११९ रेटेड अन्तर्राष्ट्रिय मास्टर मेस्जारोस आन्द्रासलाई हाराएका थिए। स्पर्धामा ४ चरणको खेल सकिदा सम्म विवेक थिङले सत प्रतिशत जित निकाल्दै ४ अंक जोडेका छन्।

दोश्रो स्थानका ३.५ अंक प्राप्त इटालिका २०७० रेटेड ला बार्बेरा मानफ्रेडि सँग विवेकले पाँचौ चरणमा प्रतिस्पर्धा गर्ने छन्। स्पर्धामा ३ अंक बनाएर संयुक्त तेश्रो स्थानमा उभिएका खेलाडीहरुमा हंगेरिका मेस्जारोस आन्द्रास, युक्रेनका सज्तोज्का साज्दोर र युएईका सिएम मोहम्मद सइद लाइलि हुन्। नेपालका शीर्ष २२८२ रेटेड खेलाडी सिएम विवेक थिङले यस प्रतियोगितामा २८५० रेटिङ्ग पर्फोमेन्स गरेका छन्।

विवेकले फ्रि इन्ट्रि पाएका थिए भने पहिलो स्थान प्राप्त गरे ३ सय ५० यूरो हात पार्ने छन्। प्रतियोगिता ९ चरणको खेल हुनेछ। २१ सेप्टेम्बर सम्म चल्ने खेलमा नेपालका विवेक थिङ अष्ट्रेलियावाट हंगेरि पुगेका थिए।
विवेकले नेपालमा चेस खेलको सम्भावनालाई जागृत गरेका छन्। विवेकसँग नेपाल बुद्धिचाल महासंघ नियमित सम्पर्कमा रहि आवश्यक सुविधाको प्रवन्ध मिलाउन तर्फ अग्रसर छन्।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected