९ माघ २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

प्रभु नारायण स्मृती बुद्धिचाल प्रतियोगिता सम्पन्न

प्रभु नारायण चौधरीको १४ औं स्मृति दिवसको उपलक्ष्यमा काठमाडौँको साउथ वेस्टर्न स्टेट कलेज वसुन्धरामा दुई दिने बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारबाट शुरु भएको प्रतियोगिताका बिजेताहरुलाई आज एक समारोहका बिच पुरस्कार प्रदान गर्दै समापन भएको हो । स्मृती दिवसको अवसरमा १३० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रभु नारायण चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष बिद्यानन्द लेखिले चेस भनेको बुद्धि र बिवेकले खेल्ने खेल भएकोले यसलाई अगाडी बढाउनका निम्ति यो प्रतियोगिताको आयोजना गरेको बताए ।

उनले चेस खेल जोकोहीको लागि सहज नभएकोले यसलाई विस्तारका लागि यो कार्यक्रमले थप टेवा पुग्ने बताए । उनले चेस प्रतियोगिताले पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने समेत बताए । खेल क्षेत्रले फड्को मारे मात्रै देशले हरेक क्षेत्रमा फड्को मार्ने बताए ।

लेखीले प्रभुनारायणले राजनीति क्षेत्रमा नयाँ आयाम ल्याएको र सामाजिक क्षेत्रमा अतुलनीय योगदान दिएको समेत बताए ।

प्रतियोगिता जनाएका र बिजेताहरुलाई प्रमाण पत्र, ट्रफी र नगद प्रदान गरेको थियो । बिजेताहरुलाई १ लाख राशीको पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected