२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

एमालेले बनायो १८ बुँदे वार्षिक कार्ययोजना

२८ भदौ, काठमाडौं । नेकपा एमालेले पार्टीलाई र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नका लागि १८ बुँदे वार्षिक कार्ययोजना बनाएको छ ।
शुक्रबार केन्द्रीय सचिवालयको बसेको केन्द्रीय सचिवालयको बैठकले निर्णायक राष्ट्रिय शक्ति निर्माणको १८ बुँदे वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने,‘आज पार्टीको केन्द्रीय सचिवालयको बैठकले पार्टीको वार्षिक कार्ययोजना निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको छ । वार्षिक कार्ययोजनाभित्र १८ वटा विषयहरु समावेश गराएका छौं ।’

उनले पार्टी सदस्यता नवीकरण विस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको पनि जानकारी दिए । उनले भने,‘पार्टी सदस्यता नवीकरण विस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको छ । केही जिल्लामा अधिवेशन गर्न बाँकी छ जुन कार्तिक मसान्तसम्म सम्पन्न गर्ने कार्ययोजना छ । सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने योजना बनाइएको छ ।’
त्यस्तै एमालेले पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना बनाएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।