२६ आश्विन २०८२, आईतवार
कोशी खेलकुद प्रदेस समाचार मुख्‍य समाचार

तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टर प्रतियोगिता सुरु

२८ भदौ, बनियानी (झापा) । झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा आजदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको प्रतियोगिताको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरे। उनले खेल क्षेत्रको विकास जरुरी रहेको बताउँदै नगरले खेलकुदलाई प्राथमिकता दिएको उल्लेख गरे ।

सङ्घका अध्यक्ष दीपेश ढकालले ३० वर्षपछि भद्रपुरमा ब्याडमिन्टन प्रतियोगिता हुन लागेको बताए । “३० वर्षअघि मेची अञ्चलस्तरीय प्रतियोगिता भएको थियो”, उनले भने, “त्यसपछि रोकिएको प्रतियोगिता अहिले हुँदैछ ।”

जिल्ला ब्याडमिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, जिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आजदेखि सुरु भएको प्रतियोगिता यही भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुने प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको सङ्घका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

प्रतियोगिताको खुलातर्फ प्रथमले रु ५० हजार, द्वितीयले रु ३० हजार, तृतीयले रु १० हजार र भेट्रान्सतर्फका प्रथमले रु ४० हजार, द्वितीयले रु ३० हजार र तृतीयले रु १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected