२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

राखेपद्वारा एरिका र पलेशासहित १८ खेलकर्मी सम्मानित

२६ भाद्र,  काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियन गेम्समा रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मीलाई सम्मान गरेको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभामण्डपमा बुधवार राखेपले आफ्नो ६१ औँ वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टुलाई सम्मान गरेको हो ।

दुवै समान एक लाख नगद पुरस्कारसहित सम्मानित भए । जुनियरतर्फ पुरुष क्रिकेटका दीपेश कँडेल र महिलामा एथ्लेटिक्सकी देविकीकुमारी धामी सम्मानित भए । राखेपले दुवैलाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पारातर्फको पुरस्कार पेरिस पारालिम्पिक र चौथो पारा एशियन गेम्सकी ऐतिहासिक काँस्य पदक विजेता पलेशा गोवर्धनले प्राप्त गरिन् ।

उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । सोही अवसरमा राखेपले पलेसाका प्रशिक्षक कविराज नेगी लामा र आमाबुबालाई पनि कदर पत्रसहित सम्मान गरेको थियो ।

यता, करातेकी एरिका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठले भने राखेपको करार प्रशिक्षकतर्फ पुरस्कार पाए । उनलाई नगद १० हजार रुपैयाँसहित राखेपले सम्मान गरेको हो । वर्ष उत्कृष्ट पत्रकारको अवार्ड नागरिक दैनिक पत्रकार अनिल मल्ल ठकुरी र अनलाइन खबरकी पत्रकार नमिता दाहालले प्राप्त गरिन् ।

राखेपले वार्षिकोत्सवको अवसरमा प्राविधिक र प्रशासनिकतर्फ पनि उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो । यस वर्षको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले पाए । यसै विधाको प्रशासनतर्फ हीराप्रसाद पौडेल सम्मानित भए ।

राखेपले दुवैलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । उत्कृष्ट परिषद् सेवा पुरस्कार प्राविधिक टेबलटेनिस प्रमुख प्रशिक्षक राजेन्द्र कपाली र प्राविधिकमा विरोधविक्रम जिसी नगद १५ हजार रुपैयाँसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारमा प्राविधिकतर्फ तेक्वान्दोका बलराम लामा र प्रशासनिकमा दुर्गादेवि बस्नेत सम्मानित भए । दुवै नगद १० हजारसहित सम्मान भएका हुन् । करारकै प्राविधिकमा मेडिकलतर्फका रिल्याक्सोलोजीका कृष्णहरी घिमिरे सम्मानित भए ।

राखेपले यस अवसरमा उत्कृष्ट खेल संघका रूपमा नेपाल कराते महासंघ, उत्कृष्ट स्थानीय तहका रूपमा घोडाघोडी नगरपालिका र उत्कृष्ट प्रायोजकका रूपमा सूर्य नेपाल प्रालीलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

नेपाली खेलकुदको कार्यकारी निकाय राखेपले खेलाडी र प्रशिक्षकसहित नेपाली खेलकुद क्षेत्रमा विभिन्न भूमिकाबाट योगदान पुर्‍याउँदै आएका व्यक्तित्व र संघ संस्थालार्ई सम्मान गरेको जनाएको छ ।

राखेपका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्यहरू एकेन्द्र कुँवर, अन्जना मास्के श्रेष्ठ र विना श्रेष्ठलगायतले सम्मान गरेका थिए ।

सो अवसरमा राखेपले पूर्व सदस्यसचिव जीवनराम श्रेष्ठ, हरिबाबु चौधरी, युवराज लामा, केशवकुमार विष्ट र रमेश सिलवाललाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा सिनियर र जुनियरमा समान १र१ पुरुष महिला तथा एक पारा खेलाडीलाई सम्मान भएका हुन् । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी (२ करार कर्मचारीसहित), दुई खेल पत्रकार, १ स्थानीय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल संघलाई पुरस्कृत भएका थिए ।

स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई कदर पत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मानित भए । सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदकबाट सम्मानित भए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected