२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

फ्रान्सको पहिलो जित

२५ भदौ, काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा फ्रान्सले पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो खेलमा फ्रान्स इटालीसँग स्तब्ध भएको थियो । बेल्जियमको भने यो पहिलो हार हो । बेल्जिमयले पहिलो खेलमा इजरायलाई पराजित गरेको थियो ।

सोमबार रातिको खेलमा फ्रान्सलाई जिताउनका लागि रान्डाला कोलो मुआनी र ओस्मान डेम्बेलेले एक एक गोल गरेका थिए ।

घरेलु मैदानमा फ्रान्सले २९ औं मिनेटमा अग्रता लिएको थियो । फ्रान्सका लागि रान्डालले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । डेम्बेले ५७ औं मिनेटमा एनगोलो कान्टेको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल नभएपछि अन्ततः फ्रान्स २–० को जीत निकाल्न सफल भयो ।

फ्रान्सले पहिलो ३ अंक जोडेको हो । बेल्जिमय भने हारका बाबजुद पनि ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यो समूहमा इटाली ६ अंकका साथ शीर्ष स्थानमा रहँदा फ्रान्स ३ अंकका साथ दोस्रो स्थानमा छ । खाता खोल्न नसकेको इजरायल भने पुच्छारमा रहेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected