Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई काँग्रेसको सम्मान

राताे कागज स‌‌वाददाता
11 महिना अघि

२३ भाद्र, काठमाडौँ ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताउनुभएको छ।

पार्टी केन्द्रीय कार्यालयमा पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताउनुभएको हो।

उहाँले खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो। उहाँले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गर्नुभयो।

सभापति देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवर्द्धनको प्रशंसा गर्नुभयो।

नेपाली कांग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्द्धनलाई पाँच लाख नगदसहित सम्मान प्रदान गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया