१७ कार्तिक २०८२, सोमबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

इंग्ल्याण्डका खेलाडी मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

२३ भदौ, काठमाडौं । इंग्ल्यान्डका खेलाडी मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय स्पिन अलराउन्डर अलीले आइतबार सन्यास लिएका हुन् ।

इंग्ल्यान्डले सन् २०१९ मा एकदिवसीय तथा २०२२ मा टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीका सदस्य थिए । ‘म ३७ वर्षको भए यसै महिना अष्ट्रेलिया सिरिजमा परिनँ । इंग्ल्यान्डबाट मैले धेरै क्रिकेट खेलेको छु । अब भनेको नयाँ पुस्ताको समय हो । यो सन्यास लिने सही समय हो’ मोइन अलीले भनेका छन् ।

अर्को हप्तादेखि इंग्ल्यान्डले घरेलु मैदानमा अष्ट्रेलियासँग तीन टी–२० आई र पाँच ओडीआई सिरिज खेल्दैछ । इंग्ल्यान्डले अष्ट्रेलिया सिरिजका लागि २३ वर्षीय स्पिन अलराउन्डर ड्यान मोस्लीलाई मौका दिएको छ ।

सन् २०१४ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका उनले ६८ टेस्ट, १३८ ओडीआई र ९२ टी–२० आई खेल खेलेका छन् । तीनै संरचना क्रिकेटमा उनले ८ शतक, २८ अर्धशतक, ६ हजार ६७८ रन र ३६६ विकेट लिएका छन् ।

गत जुन २७ मा टी–२० विश्वकप सेमिफाइनलमा भारतविरुद्ध उनको करिअरको अन्तिम खेल रह्यो । टेस्टमा उनका ५ शतक छन् । सन् २०१६ मा श्रीलंकाविरुद्ध १५५ रन उनको टेस्ट करिअरको उत्कृष्ट प्रदर्शन हो ।

श्रीलंकाविरुद्ध सन् २०१४ मा ११९ रन, २०१५ मा स्कटल्यान्डविरुद्ध १२८ रन र २०१७ मा वेस्टइन्डिजविरुद्ध १०२ रन उनका ओडीआई शतक हुन् । ‘एशेज सिरिज जित, दुई विश्वकप, २०१७ मा दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा ह्याट्रिक र १६ बलमा टी–२० आईमा अर्धशतक मेरा करिअरका उत्कृष्ट क्षण हुन’ उनले भने । सन् २०२२ को टी–२० खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध १६ बलमा अर्धशतक प्रहार गरेका थिए । जुन टी–२० आईमा इंग्ल्यान्डबाट सर्वाधिक छिटो अर्धशतक हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected