२ फाल्गुन २०८२, शनिबार
खेलकुद समाचार

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई

२२ भाद्र,  कास्की । पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को विभागीय टोली एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । पुलिस क्लब गत वर्षको उपविजेता हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो ।

यसअघि शुक्रबार हुने फाइनल खेल खराब प्रकाश (लाइट प्रोस्टेट)का कारण १-१ सेटको बराबरीमा रोकिएपछि आज खेलाइएको थियो । पुलिसले पहिलो सेट २५-१६को सहज जित निकाले पनि दोस्रो सेटमा २१-२५ को हार व्यहोरेको थियो । तेस्रो सेटमा पुनः खेलमा फर्कँदै पुलिसले २५-१९ को जित हासिल गर्‍यो तर चौथो सेटमा एपिएफ खेलमा फर्कँदै २५-२२ को जित निकालेपछि खेल २-२ सेटको बराबरीमा पुगेको थियो ।

अन्तिम सेटसमेत निकै रोमाञ्चक बन्यो । दुवै टिमले निकै सङ्घर्ष गरे पनि अन्ततः नतिजा भने पुलिसको पक्षमा रह्यो । पुलिसले अन्तिम सेटमा १६–१४ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले नगद रू. एक लाख ५० हजार हात पारेको छ । उपविजेता एफिएफले रू. एक लाख एक सय ११ प्राप्त गर्‍यो ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। सोही क्लबका बलराम गुरुङ उत्कृष्ट सेटर, भिम गाहा उत्कृष्ट डिफेन्डर र सफल विक उत्कृष्ट ब्लकर घोषित भए । यस्तै, एपिएफका हेमन्त मल्ल उत्कृष्ट सर्भर, विजय थापा उत्कृष्ट स्पाइकर  र पुलिस क्लबका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनीहरू सबैलाई समान रू. पाँच-पाँच हजार, ट्रफी र मेडल पुरस्कार प्रदान गरियो ।

प्रतियोगिताको महिलातर्फको उपाधि भने एपिएफले उचालेको थियो । शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डलाई ३-१ को सेटमा हराउँदै उपाधि चुमेको हो । पहिलो सेट २५-२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५-२३ कै जित हासिल गर्‍यौ तर तेस्रो सेटमा १३-२५ को हार बेहोरेको एपिएफले चौथो सेटमा २५-० ले हराउँदै उपाधि चुमेको हो ।

प्रतियोगिताको महिला-पुरुष दुवैतर्फ चार-चार टिमको सहभागिता रहेको थियो । प्रतियोगिता यही भदौ १९ गतेदेखि सञ्चालन भएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected