८ माघ २०८२, बिहीबार
बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

स्टार्टअप कर्जा प्रवाह सम्बन्धि त्रिपक्षीय सम्झौता

काठमाडौं । स्टार्टअप कर्जा प्रवाहको लागी औद्योगिक व्यवसाय बिकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेपतथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सोमबार उद्योग मन्त्रालयको सभाहलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो । सोही स्टार्टअप कार्यक्रम अवसरमा मन्त्री भण्डारीले नेपाली उद्यमशिलताको विकासका लागि र चुनौतीहरुलाई सम्भावनामा बदलेर अवसरहरु प्राप्त गर्ने कार्यक्रम रहेको बताए । स्टार्टअपको कार्यविधि मन्त्रालयले पारित गरिसकेको र एक अर्बको कोषलाई सूचना प्रवाह गरेर देशभरी नै आवहन गरिसकेका पनि उनले जानकारी दिए ।

उनले भने,‘यतिबेला नेपाली उद्यमशिलतको विकासको लागि स्रोत र साधनमा आधारित विशेषत युवाहरु केही न केही मूलुकमा नै गरौं, देशभित्रै सम्भावनाको खोजी गरौं । चुनौतीहरुलाई सम्भावनामा बदलेर अवसरहरु प्राप्त गर्ने सरकारको संकल्प छ ।

यस्तो आकर्षक कार्यक्रमको रुपमा रहेको स्टार्टअपको कार्यविधि मन्त्रालयले पारित गरिसकेको छ । एक अर्बको हाम्रो कोषलाई यतिबेला सूचना प्रवाह गरेर देशभरी नै आव्हान गरिसकेका छौ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र