२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

‘इन्टर स्कुल ब्यान्ड कम्पिटिसन’को उपाधि गुरुकुललाई

१६ भाद्र, कास्की । पोखरामा आयोजना गरिएको ‘इन्टर स्कुल ब्यान्ड कम्पिटिसन’को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ ।

यही भदौ १४ देखि सुरु भएको प्रतियोगिताको शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा नौ स्कुल ब्यान्डलाई पछि पार्दै गुरुकुलले उपाधिसहित नगद रु. एक लाख,  ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ नाराका साथ ‘इन्टर स्कुल ब्यान्ड कम्पिटिसन’ गरिएको हो ।

यसैगरी ग्लोबल कलेजियट माविले द्वितीय स्थान हासिल गरी नगद रु. ५० हजार तथा फिस्टेल एकेडेमीले तृतीयसहित नगद रु. २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । प्रतियोगिताको ‘बेष्ट भोकल’ कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिष्ट लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी तथा बेष्ट लिड गिटारिष्ट प्रतिभा माविका सायूस बज्राचार्य घोषित भए ।

त्यस्तै, बेष्ट ड्रमर प्रगति बोर्डिङ स्कुल, बेष्ट लिरिक्स लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्युजिक कम्पोजर कालिका मावि भए । प्रतियोगितामा पब्लिक च्वाइस गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइस मदरल्याण्ड मावि (बी) घोषित भए । विधागत रूपमा उत्कृष्ट भएकालाई नगद रु पाँच–पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा कुल १९ स्कुल ब्यान्ड छनोट भएर प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष हर्कराज गुरुङलगायतले पुरस्कार वितरण गरे । महानगर प्रमुख आचार्यले प्रतियोगिताले पोखराको कला र संगीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । गीत संगीतलाई पनि पेशा बनाउन सकिने स्थिति रहेको उनले बताए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected