६ फाल्गुन २०८२, बुधबार
बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

अज्ञात समूहद्वारा कुमारी बैंक तोडफोड

१५ भाद्र, धनगढी । बाजुरा जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएराति अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ।

राति २ बजेको एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको शाखाका प्रबन्धक शीतल रावतले जानकारी दिए। एक जना व्यक्ति कार्यालयको मुल ढोका तोडफोड गरी बैंकमा प्रवेश गरेको र एउटा कम्प्युटर चोरी गरी लगेको सिसिटिभीमा देखिएको छ, प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले गए राति नै घटमुना बजारमा रहेका चार वटा पसलमा पनि चोरी भएको जनाएको छ। बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी सकिएको जानकारी प्राप्त भएको छ । सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैंकको मूल ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेको देखिएको छ । अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरीक्षक रविन्द्रसिं कार्कीको जानकारी दिए ।
गएराति नै गौमुल गाउँपालिका(६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० हजार समेत चोरी भएको सो सहकारीका अध्यक्ष श्याम रोकायाले बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र