११ मंसिर २०८२, बिहीबार
प्रवास मुख्‍य समाचार राजनीति समाचार

परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार काठमाडौंको सोल्टी होटेलमा परराष्ट्रमन्त्री कै निमन्त्रणामा दुई दिनका लागि नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले आरजु राणा देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तापछि सञ्चाकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री देउवाले नेपाल–ओमानबीचको सम्बन्धको बारे छलफल भएको र  विदेशमन्त्री अल्बुसैदीले नेपालमा पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘श्रमिकसम्बन्धि,स्वास्थ्य सम्बन्धि, पर्यटन र दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध छलफल भएको छ । उहाँले नेपालमा लगानि गर्न इच्छुक भएको कुरा राख्नुभएको छ । खासगरी पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।’

परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ । उनि आजै स्वदेश फर्किने कार्यतालिका छ ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected