२ फाल्गुन २०८२, शनिबार
खेलकुद समाचार

बंगलादेशका पुर्वकप्तान शाकिब अल हसनलाई सबैखाले क्रिकेटमा प्रतिबन्ध लगाउन कानुनी नोटिस

११ भाद्र,  काठमाडौँ ।  बंगलादेशी क्रिकेटका पूर्वकप्तान शाकिब अल हसनलाई सबैखाले क्रिकेटबाट तत्कालबाट प्रतिबन्ध लगाउन बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) लाई आइतबार कानुनी नोटिस पठाइएको छ । रफिकुल इस्लामका वकिलले बोर्डसामु यो माग राखेका हुन् ।

इस्लाम गार्मेन्ट कारखानाका मजदुर रुबेलका बुबा हुन् र उनले आफ्नो छोराको हत्यामा शाकिब अल हसनको हात रहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री सेख हसिनाविरुद्ध चलेको आन्दोलनका त्रममा रुबेलको हत्या भएको थियो ।

त्यस आरोपमा १ सय ४७ जनाविरुद्ध मुद्धा दायर गरिएको छ र त्यसमा एक जना हसन पनि रहेका छन् । उनी अहिले पाकिस्तान भ्रमणमा रहेको बंगलादेशी टिममा रहेका छन् । उनले रावलपिन्डीमा भएको टेस्टमा बंगलादेशलाई दश विकेटले विजयी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । अल हसन हसिनाको अवामी लिगसँग पनि आबद्ध थिए र सांसद पनि रहेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected