२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

एभरेस्ट महिला भलिबल लिगको मिति सार्वजनिक

९ भदौ, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगको मिति सार्वजनिक भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । तालिका अनुसार लिग असोज १४ गतेदेखि १९ गतेसम्म आयोजना हुने छ ।

प्रतियोगिताको पहिलो संस्करणका लागि मार्कीसहित नेपाली खेलाडीहरूको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । फ्रेन्चाइज लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउने छन् । जसमा टिम मधेस, टिम ललितपुर, टिम कर्णाली, टिम चितवन, टिम काठमाडौं र टिम गण्डकी छन् ।

प्रतियोगितामा मधेसको मार्की खेलाडीमा निरुता ठगुन्ना छिन् । यस्तै, गण्डकीमा सरस्वती चौधरी, काठमाडौंमा उषा भण्डारी, चितवनमा राष्ट्रिय टिमकी कप्तानसमेत रहेकी अरूणा शाही, टिम कर्णालीमा सुमित्रा रेग्मी र ललितपुरमा सलिना श्रेष्ठ मार्की खेलाडी छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected