Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुग्न आज नेपाल र भुटान भिड्ने

रातो कागज
12 महिना अघि

९ भदौ, काठमाडौं । काठमाडौंमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलको पहिलो  सेमिफाइनल खेलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हो भने भुटान समूह बी को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो ।

दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया