२ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

भारतीय क्रिकेटर शिखर धवनले लिए क्रिकेटबाट सन्यास

८ भाद्र, काठमाडौं ।  भारतीय क्रिकेटर शिखर धवनले घरेलुसहित अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धवनले शनिबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा भारतका लागि लामो समय खेलेको भन्दै खुशीसाथ छाड्न लागेको उल्लेख गरेका छन् ।

धवनले अन्तिम पटक सन् २०२२ मा भारतको लागि एक दिवसीय खेल खेलेका थिए । शुभमन गिल र अरु युवा खेलाडीले राम्रो प्रदर्शन गर्न थालेपछि धवन टिममा पर्न छाडेका थिए । उनले ३४ वटा टेस्ट र एक सय ६७ वटा एक दिवसीय र ६८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका छन् ।

एक दिवसीयमा ६ हजार ७९३ रन र टेस्ट प्रतियोगिताको ५८ पारिमा २ हजार ३१५ रन बनाएका धवनले टेस्ट डेब्युमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान समेत राखेका छन् । उनले मोहालीमा अस्ट्रेलियाविरुद्धको खेलमा डेब्यु गर्दै ८५ बलमा शतक बनाएका थिए । उनी एक दिवसीय क्रिकेटमा पाँच हजार भन्दा बढी रन बनाउने आठ जना ब्याटर मध्ये एक हुन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected