६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

पाकिस्तानको संसद्‌मा मुसाको आतंक, तर्सिन्छन् नयाँ सांसद

५ भाद्र, काठमाडौं । पाकिस्तानको संसद्ले यतिबेला ठूलो समस्याको सामना गरिरहेको छ । यो समस्या कुनै राजनीतिज्ञ र सांसदले सिर्जना गरेको होइन । समस्या सिर्जना गरेका हुन् संसद् भवनमा रहेका मुसाले ।

नेताहरूको कार्यालयमा मुसाको चहलपहल बढेको छ । जसले गर्दा नयाँ सांसदहरूमा डरको वातावरण सिर्जना गरेको छ ।

यो समस्या तब देखियो जब एक आधिकारिक समितिलाई सन् २००८ मा भएको बैठकको रेकर्ड हेर्न भनियो । फाइल हेर्दा थाहा भयो मुसाले धेरै टुक्रा टुक्रा पारिसकेको रहेछ ।

राष्ट्रियसभाका प्रवक्ता जफर सुल्तानले भने, “यस तलामा रहेका मुसाहरू यति ठूला छन् कि बिरालाहरू पनि उनीहरूसँग डराउँछन् ।”

पाकिस्तानको संसद्‌मा मुसाको समस्या यति बढेको छ, जहाँ मुसा मुक्त गर्न वार्षिक १२ लाख पाकिस्तानी रुपैयाँ बजेट छुट्याइएको छ । धेरैजसो मुसा संसद् भवनको पहिलो तल्लामा रहेका छन्, जहाँ प्रतिपक्षी दलको नेताको कार्यालय मात्र नभई अधिकांश राजनीतिक दल र स्थायी समितिको बैठक पनि बस्ने गर्छ ।

त्यहाँ खाना खानेहरूको लागि एउटा हल पनि छ । दिउँसो संसद् चल्दा मुसा देखिँदैनन् । तर, राति धेरै नोक्सान गर्ने गरेका छन् ।

राष्ट्रियसभाका एक अधिकारीले भने, “साँझमा कोही नहुँदा मुसा म्याराथन जस्तै दौडिन्छन्, यहाँ काम गर्ने कर्मचारीलाई बानी परेको छ, तर पहिलोपटक यहाँ कोही आउँदा उनीहरू डराउँछन् ।”

मुसा नियन्त्रण गर्नको लागि पाकिस्तानी पत्रपत्रिकामा विज्ञापन पनि प्रकाशित गरिएको छ । विज्ञापनमार्फत मुसा नियन्त्रणमा सहयोग पुग्ने किसिमको किट नियन्त्रण कम्पनी खोज्ने प्रयास भइरहेको छ । हालसम्म दुई कम्पनीले मात्रै समस्या समाधान गर्न चासो देखाएका छन् । बीबीसी 

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण