२८ आश्विन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार समाचार समाज

अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

३२ साउन, काठमाडौं। अमेरिकाको भर्जिनिया राज्यमा कार्यरत् २८ वर्षीया नेपाली नर्स दुई सातादेखि बेपत्ता छिन् । अन्तिम पटक जुलाई ३१ (१६ साउन) मा मनसास पार्कमा देखिएकी ममता काफ्ले सम्पर्कविहीन भएकी हुन् ।

मनसास पार्क पुलिस विभागले एउटा सूचना जारी गर्दै त्यसपछि उनको परिवारसँग सम्पर्क नभएको उल्लेख गरेको छ । बेपत्ता भएको धेरै समय भएकाले यसलाई प्रहरीले शंकास्पद मानेको छ ।

न्यूयोर्कबाट सञ्चालित टेलिभिजन एबीसी न्युजले अनलाइन संस्करणमा उल्लेख गरेअनुसार, काफ्लेको खोजीका लागि अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेका छन् । खोजीका लागि अनुसन्धानका विभिन्न विधिको प्रयोग गरेका छन् ।

उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाई (१३ साउन) मा कुरा गरेका थिए भने श्रीमान्‌ले ३१ जुलाई (१६ साउन) मा अन्तिम पटक देखेको बताएका छन् ।

एबीसी न्यूजको वेवसाइटमा उल्लेख भएअनुसार, श्रीमान्ले तीन दिनपछि मात्र प्रहरी कहाँ उनी बेपत्ता भएको खबर गरेका थिए । त्यसपछिका दिनमा गुप्तचरहरुले पनि व्यापक जाँच गरेको भनिएको छ ।

त्यसक्रममा पछिल्ला दिनहरुमा उनको परिवार, साथीभाई र काम गर्ने ठाउँमा निकै कम सम्पर्क हुने गरेको पाइएको छ ।

उनका पूर्वसहकर्मी सुनिता बस्नेत थापाका अनुसार, मंगलबार उनको खोजीका लागि मनसास पार्कमा साथीभाइहरु स्वेच्छिक रुपमा भेला भएका थिए । ‘उनी हराएको विषयमा सबैलाई थाहा होस् र मिडियासम्म पनि यो कुरा पुगोस् भनेर भेला भएका हौं’, उनले भनेकी छन् ।

भेलामा सहभागी नादिया नावारोले आफ्नो ११ महिनाको बच्चालाई छाडेर आमा बेपत्ता हुनु अनौठो भएको बताइन् । ‘उनी हतास भएपनि केही कुराको सामना गरिरहनु परेको भएपनि, उनले बच्चालाई किन छाडिन् भन्ने हो’, उनले भनेकी छन् ।

साथीहरुले गरेको भेलामा काफ्लेका पति त आएनन्, तर फोनमार्फत कुरा गर्दै ११ महिनाको बच्चालाई छाड्न नमिल्ने भएकाले आउन नसकेको बताए । उनले त्यसक्रममा भने, ‘उनलाई जतिसक्दो चाँडो भेट्टाउनुपर्ने छ, समाज र प्रहरी सबैले सहयोग गरिदिनु होला ।’

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected