६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

भारतीय अन्तरिक्ष एजेन्सीद्वारा पृथ्वी अवलोकन उपग्रहको सफलतापूर्वक प्रक्षेपण

३२ साउन, भारत । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शुक्रबार पृथ्वी अवलोकन उपग्रह इओएस–०८ बोकेको तेस्रो र अन्तिम विकास उडान अर्थात सानो स्याटेलाइट लञ्च भेहिकल (एसएसएलभी)–डी ३ को सफलतापूर्वक प्रक्षेपण गरेको अधिकारीहरूले बताएका छन् ।

एसएसएलभी–डी ३ ले दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडी तटमा रहेको श्रीहरिकोटाको लन्च प्याडबाट स्थानीय समयानुसार बिहान ९ : १७ मा उडान भरेको थियो ।

“एसएसएलभीको तेस्रो विकासात्मक उडान सफल रह्यो । एसएसएलभी–डी ३ ले इओएस–०८ लाई ठीक सटीक रूपमा कक्षमा स्थापित गर्यो”,इसरोले सामाजिक सञ्जालमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, “यो इसरो-डिओएसको एसएसएलभी विकास परियोजनाको सफल समापनका प्रतीक हो, प्रविधि हस्तान्तरणसँगै भारतीय उद्योग र न्यु स्पेस इन्डिया लिमिटेडले अब व्यावसायिक मिसनका लागि एसएसएलभीको उत्पादन गर्नेछन् ।”

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण