७ माघ २०८२, बुधबार
अन्तर्राष्ट्रिय खेलकुद समाज

एमबाप्पेको डेब्यु र गोलमा रियल म्याड्रिड सुपर कप च्याम्पियन

३१ श्रावण,  काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ।

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला–लिगा विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको हो ।

रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको हो ।

रियलको जितमा एमबाप्पेसँगै फेडे भाल्भेर्डेले गोल गरे । एमबाप्पे यसै समरमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट फ्रि ट्रान्सफरमा म्याड्रिडमा अनुबन्ध भएका थिए ।

वार्सा पोल्यान्डमा बिहीबार राति भएको खेलमा रियलले एटलान्टाविरुद्ध आफ्नो पहिलो रोजाईकै टोली उतारेको थियो । फेडे भाल्भर्डेले गोलको सुरुवात गरेको ९ मिनेटपछि डेब्यु खेल खेलिरहेका एमबाप्पेले गोल गर्दै रियललाई च्याम्पियन बनाए ।

त्यसपछि ५९औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । भिनिसियसले एक खेलाडीलाई बिट गर्दै जुड बेलिङहमबाट आएको पासमा पछिल्लो ग्यालेक्टिकोको लागि डेब्यु गरिरहेका एमबाप्पे चुकेनन् ।

एम्बाप्पे क्लबका लागि आफ्नो प्रतिस्पर्धात्मक डेब्युमा गोल गर्ने पहिलो म्याड्रिड खेलाडी हुन् । १२ महिनाअघि बेलिङहमले एथलेटिक बिल्बाओविरुद्धको खेलमा गोल गरेका थिए । त्यसअघि सन् २०१६ मा मार्को एसेन्सियोले सेभियाविरुद्ध सुपर कपमा गोल गरेका थिए । रियल म्याड्रिडको यो छैटौं सुपर कप उपाधि हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected