७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाज

विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान

३० साउन, पर्वत । ” बेलायतमा बसोबास गर्ने पर्वतेलीहरूको संस्था पर्वत समाजले जिल्लाका एक सय ५९ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

जलजला गाउँपालिकाको फर्से धाइरिङ माध्यमिक विद्यालय, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना तथा दक्षिण पर्वतको विहादी गाउँपालिकामा रहेका विभिन्न विद्यालयका एक सय १५ जना विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

विद्यालयले छनोट गरेका विद्यार्थीलाई स्टेशनरी, पोशाक, झोला वितरण गरिएको समाजका पूर्वअध्यक्ष दधि आचार्यले बताए । मङ्गलबार आयोजित एक कार्यक्रममा ती सामग्री हस्तान्तरण गरिएको हो । त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, बिहादी गाउँपालिका अध्यक्ष परबिन गुरुङलगायत उपस्थित हुन्थ्यो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व