७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाज

तनहुँमा सिँचाइ सुविधा विस्तार

३० साउन, दमौली (तनहुँ)। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ । यो सँगै जिल्लामा छ हजार सात सय ३४ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।

उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका–४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । उक्त अवधिमा सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ । आव २०८०/८१ का लागि कार्यालयलाई रु पुँजीगततर्फ रु २५ करोड विनियोजन गरिएकामा रु २१ करोड खर्च भएको छ ।

बजेट अभावमा हिमा नदी नियन्त्रण कुच्चे कुनाबाट मडापोल्ला हुँदै लाटादहसम्म, फाउदीखोला लिफ्ट सिँचाइ योजना भानु–८, खहरे लिफ्ट सिँचाइ योजना देवघाट, बन्दीछाप लिफ्टिङ सिँचाइ योजना भिमाद–२, शुक्लागण्डकी–७ र म्याग्दे–५ को सुन्तले मल्याङ मोटरेबल पुल दायाँबायाँ ग्याविङको योजना सञ्चालन हुन नसकेका उसले बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व