Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भलिबल खेलाडी उषा भण्डारीको फेसबुक पेज ह्याक

राताे कागज स‌‌वाददाता
12 महिना अघि

२९ साउन, धनगढी ।भलिबल खेलाडी उषा भण्डारीको फेसबुक पेज ह्याक भएको छ । राष्ट्रिय भलिबल खेलाडी भण्डारीले सन् २०१९ देखि प्रयोग गर्दै आएको फेसबुक पेज ह्याक भएको हो।

भण्डारीले अर्को फेसबुक पेज खोली आफ्नो पुरानो पेज ह्याक भएको बताएकी छन। ‘मेरो पुरानो अफिसियल फेसबुक पेज केही समयअघि ह्याक भएको थियो,’ उनले लेखेकी छिन्, ‘धेरै प्रयास गर्दा पनि त्यो पेजलाई फिर्ता ल्याउन सकिएन । त्यसैले अहिले नयाँ अफिसियल पेज खोलेको छु । यसै मार्फत हामी जोडिनेछौं।’

फेसबुकबाट तपाईको प्रतिक्रिया