२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

गौरीघाटको क्रिकेट रंगशाला र पौडी पोखरीको मन्त्री श्रेष्ठले गरे निरीक्षण

२८ साउन, हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण श्रेष्ठले हेटौँडाको गौरीटार रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् । मन्त्री महर्जनले सोमबार बिहान हेटौँडा– ६ स्थित गौरीटारमा निर्माणाधीन रङ्गशालाको निरीक्षण गरेका हुन् ।

मन्त्री महर्जनले गौरीटार रङ्गशालामा निर्माणाधीन क्रिकेट तथा फुटबल मैदान र पौडी पोखरीको निरीक्षण गरेका हुन् । मन्त्री महर्जनले गत वैशाखमा शिलान्यास गरिएको क्रिकेट रङ्गशाला र पौडी पोखरीको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछाने र प्रदेश खेलकुद परिषद्का इन्जिनियर निवेश बर्तौलाले ब्रिफिङ गरेका थिए । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रङ्गशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणका लागि नौं करोड रुपैयाँ बजेट विनियोजन गरेर निर्माण थालेको इन्जिनियर बर्तौलाले बताए ।

उक्त रङ्गशालामा पहिलो चरणमा ६ सय जना दर्शक क्षमताको एउटा प्यराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएसको ग्राउण्ड भीभीआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने उनले बताए ।

आगामी एक वर्षभित्र सो संरचना निर्माण सम्पन्न गर्नुपर्ने गरी ठेक्कामार्फत् काम भइरहेको प्रदेश खेलकुद विकास परिषद्का इन्जिनियर बर्तौलाले बताए ।
निरीक्षणपछि मन्त्री महर्जनले समय सीमाभित्रै निर्माण कार्य सम्पन्न गर्ने पहल र निर्माण कम्पनीलाई दवाव दिने बताए ।

खेलकुद क्षेत्रमा निर्माण कार्य अत्यन्त सुस्त हुने गरेकाले प्रदेश सरकारले तत्काल निर्माण कम्पनीलाई उपस्थित गराएर काम छिटो सक्न निर्देशन गर्ने उनको भनाई छ । प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनासँगै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको उनले बताए ।

उनले रंगशालाभित्र निर्माण भइरहेका २ वटै खेलकुद संरचनाको निर्माणको जिम्मा लिएका कम्पनीका प्रतिनिधिलाई उपस्थित गराउने निर्देशन समेत दिएका छन् । राज्यका निकायका कमजोरी, मन्त्रीहरूको खबरदारी नहुँदा खेलकुदका संरचनाहरू अलपत्र पर्ने गरेकाले त्यसलाई रोक्नुपर्ने उनले बताए ।

देश सङ्घीय संरचनामा गएसँगै रङ्गशाला निर्माणको काम प्रदेश सरकारअन्तर्गत रहेको उक्त आयोजनामा क्रमागतबाट बजेट विनियोजन गरिँदै आएको छ । फुटबल ग्राउन्ड, रनिङ ट्र्याक सिन्थेटिक, भीआईपी प्यारापिट र लाइटिङ गरी ९० करोड रुपैयाँको लागत अनुमानसहित डीपीआर तयार पारेर काम गरिरहेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected