२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाज

नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता

२६ साउन, काठमाडौँ ।चितवनको नारायणी नदीको पुलबाट हाम फालेर शनिबार मध्याह्नमा एक पुरुष बेपत्ता भएका छन् ।

शनिबार मध्याह्न १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।

बेपत्ता भएका पुरुष अन्दाजी २५/३० वर्षको भएको उहाँले बताउनुभयो । बेपत्ता पुरुषको पहिचान खुलेको छैन । नदीमा हाम फालेका पुरुषको खोजी कार्य भइराखेको प्रहरीले जानकारी दिनुभयो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व