६ माघ २०८२, मंगलवार
प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

काँग्रेस लुम्बिनीका प्रमुख सचेतले दिए राजीनामा

२४ साउन,काठमाडौँ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिलसिनाले राजीनामा दिएका छन् ।

साउन ९ गते प्रदेश सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा पुगेका उनलाई पार्टी नेतृत्वले रोकेपछि उनी असन्तुष्ट हुँदै आएका थिए । दौरा सुरवाल लगाएर प्रदेश प्रमुख कार्यालयमा पुगेका उनलाई पार्टी नेतृत्वको दबाबमा रोकिएपछि मोबाइल अफ गरेर निस्केका थिए ।

साउन १८ गते उनलाई पुनः मन्त्री बनाउने प्रचार गरियो । ९ गते मन्त्री बनेकाहरूलाई मन्त्रालय तोक्ने र उनलाई पनि मन्त्रीको शपथ खुवाउने गरी पार्टीले प्रचार गरे पनि अन्तिम समयमा रोकेको थियो ।

पार्टी संस्थापन समूहमा रहेका उनलाई प्रदेशमा भने संस्थापन समूहकै नेताहरुले नरुचाएर यसो गरिएको स्रोतले जनाएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।