२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

एभरेष्ट महिला भलिबलका लागि टोलीहरू घोषणा

२४ साउन, काठमाडौँ । एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगको पहिलो सिजनका लागि ६ सहभागी टोलीहरूको घोषणा गरिएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रतिस्पर्धी ६ टोली र प्रवर्द्धकहरूको घोषणा गरेको हो ।

प्रतियोगितामा सहभागी हुने टिममा लिगको पहिलो सिजनमा टिम काठमाडौँ, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले रहेका छन् ।

आयोजकका अनुसार हरेक टोलीले १४ खेलाडीमा नौं नेपाली र ती विदेशी राख्न पाउनेछन् ।  नेपाली खेलाडीको ड्राफ्ट सूची र प्रतियोगिताको मिति केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

टिम काठमाडौंको प्रबद्र्धकमा शरदकृष्ण टिबरेवाला, टिम ललितपुरको प्रबद्र्धकमा अनुज तिमिल्सिना, अनोज रिमाल र विरोचन खनाल (कोरसिंक नेपाल) रहेका छन् । टिम मधेसको प्रबद्र्धकमा रोहित अग्रवाल र विशाल अग्रवाल रहेका छन् भने टिम गण्डकीको प्रवर्द्धकमा सौरभ केडिया रहेका छन् ।

त्यस्तै  टिम चितवनको प्रवर्द्धकमा निम्बस होल्डिङस तथा टिम कर्णालीको प्रबद्धकमा राजेश बगडिया र प्रतीक अधिकारी रहेका छन् । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई तीन समूहमा विभाजन गरिनेछ ।

त्यसमध्ये पहिलो समूहमा रहने खेलाडीको मूल्य एक लाख ५० हजार, दोस्रो समूहमा रहने खेलाडीको मूल्य एक लाख र तेस्रो समूहमा रहने खेलाडीको मूल्य ५० हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected