Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

काभा वुमन्स भलिवलमा नेपाल विजयी

रातो कागज
12 महिना अघि

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले मल्दिभ्सलाई पराजित गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० ले पराजित गरेको हो ।

नेपालले पहिलो सेटमा २५–८ को सहज जित हासिल गरेको थियो । दोस्रो सेटमा भने माल्दिभ्सले नेपालसामु चुनौती पेस गरेपनि उक्त सेट २५–१९ आफ्नो पक्षमा पार्न नेपाल सफल भएको हो ।

योसँगै नेपालले लिग चरणमा तेस्रो भएको इरानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया