२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

महिला भलिबलमा भारतलाई हराउने दशकौंदेखिको चाहना पुरा

काठमाडौं । महिला भलिबलमा भारतलाई हराउने दशकौंदेखिको चाहना शनिबार पुरा भएको छ । काभा वुमन्स नेसन्स लिग २०२४ अन्तर्गत नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारेको छ ।
नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हराउँदै इतिहास रचेको हो । २०४३ सालदेखि सुरु भएको नेपालको महिला भलिबलमा भारतलाई पहिलो पटक हराएको हो ।
प्रतिस्पर्धात्मक खेलको पाचौं सेटमा नेपाल १४–१३ को अवस्थामा थियो । म्याच प्वाइन्ट उषा भण्डारीले जोडिन् र इतिहास लेखाइन् । लिबरो सलिना श्रेष्ठले दिएको बललाई उषाले भारतीय तीन ब्लकरबाट पन्छाउँदै सेन्टर फ्रन्टमा खसालेपछि नेपाली खेलाडी र समर्थकले सेलिब्रेसन गर्न थाले ।
खचाखच भरिएको कभर्ड हलमा समर्थकको उत्साह बेग्लै थियो । प्रशिक्षक, अफिसियल र पदाधिकारीमा पनि खुसीको सिमाना थिएन । नेपाली खेलकुदमा भारतसँग जुनसुकै खेल सधैं महत्वपूर्ण हुन्छ । त्यसमा पनि लगातार बाधक बन्दै आएको टोलीलाई पहिलो पटक हराउँदा खेलाडीहरु उत्साहित सँगै भावुक बनेका थिए ।
नेपाली महिला भलिबल टोलीले पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । लगातार घरेलु प्रतियोगितामा ब्यस्त महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा लगातार प्रभावशाली प्रदर्शन गरेपनि भारतसँग स्तब्ध हुँदै आएको थियो ।
दक्षिण एसियाली महिला भलिबलमा नेपालले भारतबाहेक अन्य देशलाई लगातार हराउँदै आएको छ । तर भारत नेपालको हरेक प्रतियोगितामा बाधक बनिरहेको थियो ।

भारतको तगारो पन्छाउन नसके पनि पछिल्लो समय नेपालको प्रतिस्पर्धी क्षमता बढिरहेको थियो ।

यही कोर्टमा सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को फाइनलमा नेपाललाई ऐतिहासिक स्वर्ण जित्न भारत तगारो बनेको थियो । भारतले नेपाली खेलाडी र समर्थक घरेलु मैदानमै रुवाएको थियो ।

१३ औं सागको फाइनलमा भारतसँग नेपाल १७–२५, २५–२३, २५–११, २०–२५ र ६–१५ ले पराजित भएको थियो । ९ महिनाअघि एसियन गेम्समा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो ।

नेपालले महिला भलिबलमा एभीसी एसियन सेन्ट्रल जोन २०१९ र २०२१ को उपाधि जित्दा भारत सहभागी थिएन ।

गतवर्ष घरेलु कोर्टमा नै काभा वुमन्स च्यालेन्ज कपमा नेपाल भारतसँग समूह चरणमा ३–१ को सेट ९१२–२५, २४–२६, २५–२१ र २१–२५० मा हारेको थियो । त्यसपछि सेमिफाइनलमा काजाकिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो ।

 

 

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected