९ मंसिर २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार

साँगामा आजदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

१७ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कूलमा आजदेखि विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पुलिस स्कूलद्वारा आयोजित सो प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा काठमाडौँ उपत्यकासहित अन्य जिल्लाका २८ विद्यालयका एक सय १९ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको आज एक समारोहबीच नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष उदयकुमार श्रेष्ठले उद्घाटन गरे । प्रतियोगितामा यू–११, यू–१३ र यू–१६ वर्ष उमेर समूहका छात्रछात्राले ६ विधामा प्रतिस्पर्धा गर्ने स्कूलका प्राचार्य माहेन पौडेलले जानकारी दिए ।

आयोजकका अनुसार सङ्घको प्राविधिक सहयोगमा सञ्चालित उक्त प्रतियोगिता विद्यालयस्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो । उद्घाटनका अवसरमा स्कूलका विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected