२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

संसदको हिउँदे अधिवेशन निर्माणाधीन भवनमा गर्ने मन्त्री सिंहको चाहाना

१५ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् ।

मंगलबार बिहान मन्त्री सिंहले सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवन अनुगमन गरेका हुन् ।

मन्त्री सिंहले संसद भवन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले आगामी  हिउँदे अधिवेशन यही भवनबाट सञ्चालन गर्न मिल्ने गरी कामलाई तीव्रता दिनुपर्ने बताए ।

उनले भने, ‘यो ठुलो संरचना हो । यसलाई १० वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएपनि निर्माणमा समस्या देखियो । बीचमा विभिन्न समस्याहरु आए, कोरोनाको कारणले पनि संसद भवनको निर्माण रोकिएको हो । अब यसलाई समयमै सकाउनका लागि सिफ्टहरु त बढाउनुपर्छ नि । हामीले सधैं समयमै काम सम्पन्न गर्नका लागि भनिरहेका छौं ।  अब हामीले आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने चाहानामा राखेका छौं । यही अनुसार काम अगाडि बढाउनुपर्यो ।’

सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य भवन निर्माणको काम भइरहेको हो ।

सिंहदरबारस्थित पुतली बगैँचा रहेको ठाउँमा पाँच अर्ब ३० करोड रुपैयाँमा भवन निर्माणको काम अघि बढाइएको थियो ।

१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधि सभा र राष्ट्रिय सभा रहनेछ। भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनीले पाएको थियो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।