९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

रास्वपाका सांसद वाग्लेको अभिव्यक्ति देशविरोधी छ : सांसद पन्त

१४ साउन, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपाका सांसद स्वर्णिम वाग्लेले प्रस्तुत गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले सांसद वाग्लेको भनाईले स्पष्ट रुपमा देशविरोधी सार तत्वलाई बोकेको भन्दै यो नेपालले दिदैँ आएको परराष्ट्र नीति, नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विपरित रहेको बताए ।

उनले भने, ‘आज एकजना नेपाली सांसदको मुखबाट कतै चर्चामा नआएको र भारतले पनि कतै उल्लेख नगरेको साउथ एसियन डक्ट्रिनको कुरा आउनु र त्यसलाई नेपालले बुझिदिनु पर्ने कुरा निस्कनु लजास्पद् र खेदजनक छ । यस्तो कुराका आलोचना गर्नुपर्छ । रास्वपाका सांसद स्वर्णिमजी के भन्नु हुन्छ भन्दा म भारतीय मेरो अधिकारीहरुसँग भारत जादाँ भेट भएको थियो । विभिन्न भएको थियो ? अनि भन्नु हुन्छ हामीले भारतीय कुरा बुझ्नु पर्छ । उहाँको भनाई नेपालले दिदैँ आएको परराष्ट्र नीति, असंग्लन परराष्ट्र नीति, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ताको विपरित छ । स्पष्ट रुपमा यसले देशविरोधी सार तत्वलाई बोकेको छ । यसले नेपालमा नेपालका देशभक्तहरुको अपमान गरेको छ ।’

यस्तै, सांसद वाग्लेको अभिव्यक्तिमाथि नेपालको संसदले अध्यन गर्नुपर्ने पनि उनको भनाई छ । उनले भने, ‘यसमाथि नेपालको संसदले अध्यन गर्नुपर्छ । आफू सरहको एक सांसदबाट देशलाई अहित हुने कुरा, घुमाएर नेपाललाई भुटान बनाउने जबकी भुटान नै चीनसँग सम्बन्ध बनाउन खोज्दैछ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।