५ पुष २०८२, शनिबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

१४ साउन, सिमकोट । जिल्लाको सिमकोट गाउँपालिका–८ स्याडाका १० वर्षीय क्यान्सरपीडित बालकलाई उपचारमा आर्थिक अभाव भएको छ ।

दीपेश बुढा मस्तिष्क क्यान्सर (ब्रेन ट्युमर) ले ग्रसित हुँदा उपचारका लागि आर्थिक अभाव भएको आफन्तले बताउने गरेका छन् । चिकित्सकका अनुसार क्यान्सरबाट पीडित छोराको शल्यक्रिया गर्नुपर्ने भए पनि आर्थिक अभावले समस्या भएको बुबा बलबहादुर बुढाले गुनासो पोखे । छोरालाई शल्यक्रिया गर्न काठमाडौँ पुर्‍याइएको जनाउँदै रकम जुटाउन नसक्दा शल्यक्रिया नभएको उनले बताए ।

छोराको उपचारका लागि बुबाले सहयोगका लागि सबैसँग आग्रह गरेको सिमकोट–८ का वडाध्यक्ष कमल बुढाले बताए । बालकको थप उपचार गर्न निजको घरको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गर्न उनले अनुरोध गरे ।

आइतबारदेखि सहयोग सङ्कलन थालिएको बताउँदै वडाध्यक्ष बुढाले हिजो पहिलो दिन रु ४३ हजार १५ सङ्कलन भएको जानकारी दिए । “क्यान्सरपीडित बालकलाई सहयोग गर्न बालकका नाममा रहेको वाणिज्य बैङ्कको खाता नम्बर ४१९०१०००००५६८११८ मार्फत सहयोग गर्न सकिन्छ”,उनले भने ।

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’