३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

पेरिस ओलम्पिकः ब्याडमिन्टनमा पराजय

साउन १३, काठमाडौँ । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्कका भिक्टर एक्सेल्सेनसँग पेरिस ओलम्पिकमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा गए राति सम्पन्न खेलमा उनी २–० को सोझो सेटमा पराजित भएका हुन् ।
कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए । प्रिन्सको समूहमा उनी र भिक्टरसहित चार खेलाडी छन् । अब प्रिन्सले सोमबार आयरल्याण्डका हात गुयेनसँग खेल्नेछन् भने यही साउन १६ गते इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नेछन् ।
सात वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका प्रिन्सको लक्ष्य सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा पदक जित्नु हो ।
सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपाल ओलम्पिकमा सहभागी भएको हो ।  ब्याडमिन्टनमा नेपाल पहिलोपटक कोर्टमा उत्रिएकोको हो । प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका थिए । प्रिन्सलाई अलसाबाडरका प्रशिक्षकले प्रशिक्षकको रूपमा सहयोग गरिरहेका छन् ।
भिक्टर टोकियो ओलम्पिक–२०२० का स्वर्ण विजेता तथा रियो दि जेनेरिया ओलम्पिक– २०१६ का कास्य विजेता हुन् । दुईपटकका विश्व च्याम्पियन बनिसकेका भिक्टर बिडब्लु टुरमा १८ पटक विजेता भएका छन् । ३० वर्षीय भिक्टरले छ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न सुरु गरेका थिए । टोकियो ओलम्पिकमा जितेको स्वर्ण रक्षा गर्नु उनको उद्देश्य रहेको छ ।
ओलम्पिक खेलअन्तगर्त सुटिङ खेलमा नेपालकी सुष्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्भने पौडीमा डुवाना लामाले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected